ताजा अपडेट :
||   पत्नीका बारेमा प्रेरणादायक भनाइहरु
||   यसरी ठिक पार्नुहोस् फुटेको कुर्कुच्चा, ३ सरल घरेलु तरिका
||   संसारकै धनी भएपनि सधैँ आफ्नो पत्नीलाई घरको काममा सघाउछँन् बिल गेट्स
||   के गरेकी थिइन् विमानस्थलमा आस्था राउतले ? यस्तो छ वास्तविकता
||   एमसीसीविरुद्ध विप्लवको कडा चेतावनी : संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने
||   अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले भावुक हुँदै सुनाए यस्तो मार्मिक घटना ( भिडियो सहित )
||   मरेर लानु के नै छ र दुई दिने जीन्दगीमा, त्यसैले धेरै लोभ लालच नगरेकै वेश, पढ्नुहोस आफ्नो जीवन बदल्नुहोस
||   बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ, आजै हटाउनुहोस्
||   पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
||   ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
Wednesday, Feb 26, 2020


नेपाललाई अफगानिस्तान जस्तै अमेरिकी सेनाको क्रिडास्थल बनाउने अभियानमा सक्रिय धुन्धुकारी नेताहरु

admin | प्रकाशित भएको : January 17th, 2020

लेखक : करनसिंह बडाल

यति बेला नेपालमा अमेरिकी सहस्राब्दी विकास सहयोग (मिलेमियम च्यालेन्ज कोअपरेसन अर्थात् एमसीसी) चर्चाको शिखरमा रहेको छ । सन् २०१७ मा नेपालका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई औपचारिक रुपमा स्वीकार गर्दै हस्ताक्षर गरेपछि नेपालमा एमसीसीले कार्यालय नै संचालन गरेको थियो । ओली नेतृत्वमा दुई तिहाईको सरकार बनेपछि सबभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई नेपाल ल्याउन प्रयत्न गरे । ओली सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका भ्रमण गरेपछि जुन १ तारिखमा अमेरिकी रक्षामन्त्रालय पेण्टागनले एक विज्ञप्ति जारी गर्दै नेपाल पनि अमेरिकी सैन्य गठबन्धन हिन्द प्रसान्त रणनीतिमा सहभागी भएको र अब सो रणनीति अन्र्तगत सन् २०१९ मा ८७ वटा सैन्य अभ्यास हुने उल्लेख गरेको थियो ।

पछि नेपालमा सो बिषयमा आलोचना बढेपछि परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल हिन्द प्रसान्त रणनीितमा सहभागी नभएको बताए । उनकै अमेरिका भ्रमणपछि एमसीसी संसदमा पेश गरियो तर सभामुख महराले टेबल नै गरेनन् । त्यसपछि महरा विभिन्न षड्यन्त्रपछि जेल चलान भए । र नयाँ सभामुखको चयनको प्रक्रियाको चर्को बहस भइृरहेको बेला इण्डोप्यासेफिक रणनीतिको अभिन्न अंग रहेको एमसीसीलाई संसदले पास गर्ने कि नगर्ने भन्ने बिषयमा राजनीतिक दलभित्र विवाद बढेको छ । कतिपय जानकारहरुले अब एमसीसी पास हुने वितिक्कै अमेरिकी सेना नेपाल प्रवेश गर्ने बताईरहेका छन् ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणपछि अमेरिकाले जारी गरेको एक रिपोर्टमा नेपालमा आतंकवादी गतिविधि बढेको उल्लेख छ । अमेरिकाले कुनै पनि देशमा आफ्नो सेना पठाउनका लागि सबभन्दा पहिले आतंवादको कारण देखाउने गरेको छ । सन् २००१ को अमेरिकी जुम्ल्याहा टावरमा आतंकवादी हमलापछि मुस्लिम राष्ट्र इराकमा प्रवेश गर्न अमेरिकाले अपनाएको चेनी डक्ट्रिन जसको उदाहरण हो । शुरुमा अमेरिकाले राष्ट्रपति सद्दाम हुसेनलाई कच्चा तेल बाँडफाडमा आफ्नो पक्षमा उभिन दबाब दियो । पश्चिमा शक्तिकै उत्पादन हुसेनले अमेरिकी शर्त नस्वीकारेपछि इराकमा रासायनिक हतियारको प्रयोग गरिएको भन्दै त्यसको जाँचबुझ गर्नका लागि विज्ञहरुको टोली पठायो तर कुनै प्रमाण भेटिएन ।

त्यसपछि अमेरिका आफैले केही रासायनिक हतियार राखेको जानकारहरु बताउँछन् । पछि त्यही बाहानामा विरुतारै आफ्ना सैनिक पठाउन थाल्यो । अन्तत इराक अमेरिकी सेनाको क्रिडा स्थल बन्यो । त्यस्तै जुम्ल्याहा टावरमा आतंवादी हमलापछि अमेरिकाले तहसनहस बनाएको अर्को देश हो अफगानिस्तान । सन् २००१ अफगानिस्तानमा करिब ९० प्रतिशत भूभाग तालिनबानको नियन्त्रणमा थियो । अमेरिकाले तालिबानलाई हटाउन र अलकायदा (ओसामाबिन लादेन) लाई नष्ट गर्न भन्दै आफ्नो सेना अफगानिस्तान पठाउने निर्णय गरेको थियो । यता अमेरिकाले आतंकवादीलाई नियन्त्रण गर्ने नाममा अफगानिस्तानको मरुभूमि बनाईसकेपछि गत बर्षमात्र आफ्नो सेना फिर्ता लिने निर्णय गरेको थियो । त्यस्तै अमेरिकाले ध्वस्त पारेको देश हो सिरिया । अमेरिकाले सिरिया सरकारका बिरुद्ध विद्रोहीहरुलाई अत्याधुनिक हतियार, रासन र विभिन्न प्रविधि सहयोग गरको थियो । सन् २०११ इजिप्टमा कर्णेल महुम्मद गद्धाफिको सत्ताको बर्खास्ती पछि सिरियाका असदको सत्तालाई ध्वस्त पार्ने विद्रोहीलाई सहयोग गरेपनि सफल हुन सकेन ।

एमसीसी पारित भए नेपाल पनि अफगानिस्तान बन्ने खतरा !

अमेरिकाको सन् २०१९ को रिपोर्टमा नेपालमा आतंकवादी सक्रियता बढेको उल्लेख छ । जसको अर्थ अमेरिकी सहयोग (एमसीसी) परियोजनाको सुरक्षाको लागि केही सैनिक पठाउने अमेरिकाको नियत हुन सक्छ । किनभने उसले एमसीसी परियोजना संसदबाट पारित गराउनु भन्दा पहिल्यै नेपालमा आतंकवादी गतिविधि बढेको भनिसकेको छ । इराकमा पनि अमेरिकाले सिधै आफ्नो सेना पठाएको थिएन । शुरुमा रासायनिक हतियार प्रयोग भएको छ भनेर संसारभर हल्ला फिँजायो । दोस्रो चरणमा आफ्नो विज्ञ टोली पठायो र तेस्रो चरणमा आफ्नो सेना पठाएको थियो । त्यस्तै अफगानिस्तानमा पनि गरेको थियो । शुरुमा तालिबान र अलकायदाई हटाउन अफगानिस्तानलाई चेतावनी पठायो । त्यसपछि दोस्रो चरणमा विश्व आतंकवाद बिरुद्ध लडाईको घोषणा गर्यो । तेस्रो चरणमा वेनन कन्फरेन्स गर्यो र अन्तमा आफ्नो सेना अफगानिस्तान पठाएको थियो ।

त्यही नियती नेपालमा दोहोरिने संभावना बढेको छ । नेपालमा पनि इराक र अफगानिस्तानको जस्तै शुरुमा नेपाललाई एमसीसी परियोजनामा हस्ताक्षर गरायो । दोस्रो चरणमा नेपालमा आतंकवादी गतिविधि भएको मुलुकको सुचीमा राख्यो । यदि एमसीसी संसदबाट पास भए आफ्नो परियोजनाको सुरक्षाका लागि भन्दै केही सेना पठाउने र अन्तमा आतंवादलाई निर्मुल पर्ने भन्दै आफ्नो सेना पठाउने देखिन्छ । अमेरिकाले नेपालमा आफ्नो सेना पठाउन सके आफ्नो सबभन्दा ठूलो उपलब्धी मान्ने छ किनभने प्रमुख प्रतिस्पर्धी देश चीनका बिरुद्ध पिशेष गरि फ्रि तिब्बत अभियानलाई नेपाली भूमिबाट सघाउनुका साथै सैन्य दख्खल पनि दिनेछ ।

नेपाललाई इडोप्यासेफिक रणनीतिको क्रिडास्थल बनाउन सक्रिय नेताहरु

१) प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली

नेपालमा अमेरिकी सैन्य गतिविधि बढाउन सक्रिय र सबभन्दा अगाडि आउने नाम हो सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली । उनको दुई तिहाईको सरकार बनेपछि हिन्द प्रसान्त रणनीतिमा नेपालको नाम समाबेश गर्दै अमेरिकी रक्षा मन्त्रालयले सन् २०१९ जुन १ जारिखमा विज्ञप्ति जारी गरेको थियो । अहिले पनि एमसीसी पास गराउने पक्षमा छन् ।

२) ईश्वर पोखरेल

ऋहिले एमसीसीको पक्षमा रहेका सत्तारुढ नेकपाका नेता हुन् इश्वर पोखरेल । पोखरेल प्रधानमन्त्री ओलीका एक नम्बर विश्वास पात्र हुन् । उनले पार्टीको स्थायी समिति बैठकमा पनि एमसीसीका बिरुद्ध एक शब्द पनि खर्चिएका थिएनन् ।

३) बिष्णु पौडेल

एमसीसीको पक्षमा रहेका सत्तारुढ नेकपाका नेता हुन् पार्टी महासचिव बिष्णु पौडेल । जो प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । उनले सचिवालयमा ओलीको पक्षमा अडान लिने गरेका छन् ।

४) प्रदीप ज्ञवाली

त्यस्तै एमसीसी पास गराउने पक्षमा सबभन्दा बढी भूमिका खेल्ने सत्तारुढ नेकपाका नेताका हुन् परराष्ट्र मन्त्री ज्ञवाली । उनको अमेरिका भ्रमणपछि पण्टागनले नेपाल, श्रींका लगायतका देशहरु ऋाफ्नो हिन्द प्रसान्त रणनीतिमा सहभागी भएको भन्दै विज्ञप्ति जारी गर्यो तर उनले जनतालाई ढाट्दै नेपाल अमेरिकी सैन्य गठबन्धनमा सहभागी नभएको दाबी गरे । एमसीसीलाई संसदबाट पारित गराउनुपर्छ भनेर सबभन्दा बढी जोड दिईरहेका छन् । अमेरिकी दुतावासले एमसीसी हिन्द प्रसान्त रणनीतिको अंग हो भनेर स्पष्टिकरण नदिँदासम्म उनले जनतालाई बेखुब बनाउँदै एमसीसी र आइपिएस फरक भएको दाबी गरिरहेका थिय ।

५) बर्षमान पुन

हिन्द प्रसान्त रणनीतिको अंग एमसीसीको पक्षमा आफुलाई खह्रो रुपमा उभ्याएका पूर्व माओवादीका नेता हुन् बर्षमान पुन । उनी जहिले पनि दक्षिणपन्थी शक्तिको पक्षमा उभिने गरेको उनको राजनीतिक इतिहास छ । नाकाबन्दीका बेला ओली नेतृत्वको सरकार ढाल्न बर्षमान पुनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले तत्कालीन माओवादी केन्द्रका महासचिव कृष्णबाहादुर महरालाई रोल्पामा चुनाव लड्न नदएर दाङ लखेटेका थिए । पार्टीको केही दिन अघि बसेको स्थायी समिति बैठकमा पनि एमसीसीबो विरोध गर्नु गल्त भएको र बेमौसमी बाजाको संज्ञा समेत दिएका थिए ।

६) गोकुल बास्कोटा

जहिले पनि प्रधानमन्त्री ओलीका पक्षमा उभिने र उट्पट्याङ भाषामा बोल्ने छबि बनाएका नेता गोकुल बास्कोटा पनि अमेरिकी सैन्य गठबन्धन अन्र्तगतको एमसीसीजस्तो राष्ट्रघाती सहयोगलाई नेपालले संसदबाट पास गर्दै स्वीकार गर्न पर्ने भन्दै नाभीदेखिको बल लगाएर लागि परेका छन् । उनले केही दिन अघि मात्रै एमसीसी हिन्द प्रसान्त रणनीतिको अंग नभएको र सांसदबाट हिउँदे अबिधेशनले पारित गर्ने दाबी गरेका थिए ।

७) डा. रामशरण महत

नेपालको अर्थतन्त्र ध्वस्त पारेर करिब १ करोड नेपाली युवाहरुलाई विदेश लखेट्ने अभियानका नायक डा. रामशरण महत एमसीसीको पक्षमा उभिने कांग्रेसका एक नम्बर नेता हुन् । पश्चिमा नीति तथा योजना लागु गरी नेपालका २२ ठूला उद्योग बन्द गराएका डा. महतले एमसीसी पारित गरेर नेपालमा अमेरिकी सेनाका लागि बाटो खुल्ला गर्न कांग्रेसलाई सहमत गराएका छन् । कांग्रेस पार्टी नै एमसीसीका पक्षमा भएपनि खुलेर लागेका नेता हुन् रामशरण महत ।

अहिले नेपालमा एमसीसी परियोजनाको सर्वत्र विरोध भईरहेको छ । एमसीसी पारित गर्नु हुँदैन भन्नेमा सबै एक मत रहेका छन् । केही नेताले आफ्नो राजनीतिक भबिष्यको लागि देशलाई नै बन्दकी राख्न खोजेको भन्दै नेपालका बौद्धिक वर्गले विरोध गरिरहेका छन् । यदी कुनै देशले सदासयताका लागि सहयोग गर्छ भने त्यसलाई लिनु हुँदैन भन्ने होईन तर शर्त राखेर वा सैन्य गठबन्धमा सामेल गराएर सहयोग लिनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण हुने निश्चित नै ।

यो लेखको नीजि विचार हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु