ताजा अपडेट :
||   पत्नीका बारेमा प्रेरणादायक भनाइहरु
||   यसरी ठिक पार्नुहोस् फुटेको कुर्कुच्चा, ३ सरल घरेलु तरिका
||   संसारकै धनी भएपनि सधैँ आफ्नो पत्नीलाई घरको काममा सघाउछँन् बिल गेट्स
||   के गरेकी थिइन् विमानस्थलमा आस्था राउतले ? यस्तो छ वास्तविकता
||   एमसीसीविरुद्ध विप्लवको कडा चेतावनी : संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने
||   अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले भावुक हुँदै सुनाए यस्तो मार्मिक घटना ( भिडियो सहित )
||   मरेर लानु के नै छ र दुई दिने जीन्दगीमा, त्यसैले धेरै लोभ लालच नगरेकै वेश, पढ्नुहोस आफ्नो जीवन बदल्नुहोस
||   बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ, आजै हटाउनुहोस्
||   पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
||   ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
Wednesday, Feb 26, 2020


पश्चिमी वायुले वर्षा : शनिबारदेखि क्रमिक सुधार

admin | प्रकाशित भएको : January 17th, 2020

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । शनिबारदेखि मौसममा क्रमिक सुधार आउने उहाँको भनाइ छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी युक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमताको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षातसँगै मौसम बदलीका कारण आज काठमाडौँमा बढी चिसो महसुस गरिएको छ । नेपालको पश्चिमी मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङमा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा ८, धनगढी र दिपायलमा ७ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम १४ दशमलव नौ मिलिमिटर वर्षा भएको छ ।

यसैबीच महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर आज देशभार सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु