ताजा अपडेट :
||   पत्नीका बारेमा प्रेरणादायक भनाइहरु
||   यसरी ठिक पार्नुहोस् फुटेको कुर्कुच्चा, ३ सरल घरेलु तरिका
||   संसारकै धनी भएपनि सधैँ आफ्नो पत्नीलाई घरको काममा सघाउछँन् बिल गेट्स
||   के गरेकी थिइन् विमानस्थलमा आस्था राउतले ? यस्तो छ वास्तविकता
||   एमसीसीविरुद्ध विप्लवको कडा चेतावनी : संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने
||   अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले भावुक हुँदै सुनाए यस्तो मार्मिक घटना ( भिडियो सहित )
||   मरेर लानु के नै छ र दुई दिने जीन्दगीमा, त्यसैले धेरै लोभ लालच नगरेकै वेश, पढ्नुहोस आफ्नो जीवन बदल्नुहोस
||   बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ, आजै हटाउनुहोस्
||   पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
||   ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
Wednesday, Feb 26, 2020


पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

admin | प्रकाशित भएको : January 17th, 2020

चितवन — भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११:१५ बजे ठक्कर दिएको थियो।

ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु