बिहिबार , मंग्सिर १६, २०७८

शिल्पा शेट्टी पतिसँग एयरपोर्टमा देखिएकी थिइन्, राज कुन्द्राले यसरी लुकाए अनुहार (भिडियो हेर्नुस्)

मंग्सिर ९, २०७८ बिहिबार 63

भिडियो घटनामा पक्राउ परेदेखि नै राज कुन्द्रा मिडियाको नजरबाट लुकेर बसेका छन् । अ श्लि ल भिडियो घटनामा राज कुन्द्रा जेल जानुपरेको थियो । राज जेलबाट फर्किएदेखि नै क्यामेरामा आफ्नो अनुहार देखाउन सकेका छैनन् । तर, राज कुन्द्रा पत्नी शिल्पा शेट्टीसँग यात्रा गरिरहेका छन् ।

मिडियाबाट अनुहार लुकाए राज कुन्द्राले

केही समयअघि शिल्पा र राज सँगै हिमाचल प्रदेश गएका थिए । यसपछि फेरि उनी यात्रामा देखिए । शिल्पा शेट्टी मुम्बई एयरपोर्टमा देखिएकी थिइन् । उनीसँगै उनका श्रीमान राज कुन्द्रा पनि थिए । राज कुन्द्रा एयरपोर्टमा का लो पहिरनमा देखिए । उनले का लो चश्मा, हुडी र मास्कले आफ्नो अनुहार पूर्ण रूपमा छोपेका थिए।

एयरपोर्टबाट राज कुन्द्राको एउटा भिडियो भाइरल हुन थालेको छ । यस भिडियोमा राजलाई पापाराजीले बेवास्ता गरेको देख्न सकिन्छ । राज कुन्द्रा एयरपोर्ट भित्र पसेपछि शिल्पा शेट्टी आफ्नो कारबाट बाहिर निस्किन्। उनी क्यामेराको लागि पोज नगरी सीधै एयरपोर्टमा प्रवेश गर्छिन्।

राज कुन्द्राको पो र्नो ग्राफी मु द्दामा पक्राउ परेपछि शिल्पा शेट्टीले निकै कठिनाइको सामना गर्नुपरेको थियो । उनले कामबाट विश्राम लिइन्, छोराछोरी र घरको हेरचाह गरीन्। यससँगै शिल्पाले ट्रोलको सामना पनि गरिन् । अहिले जेलबाट फर्किएपछि राजले लो प्रोफाइल राखेका छन् । राज मिडियाको नजरबाट टाढा रहन सक्दो प्रयास गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्